नेभिगेशन
विश्व

क्यानडा र युरोपेली युनियनको निर्णयपछि ट्रम्पले दिए थप करको चेतावनी


वाशिङ्टन – स्टिल र आल्मोनियम आयातमा अतिरिक्त कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप करको चेतावनी दिएका छन्।

युरोपेली युनियन र क्यानडाले आफूले लगाएको करको जवाफमा सोही किसिमको करको निर्णय गरेपछि ट्रम्पले आफ्नो कुरा राखेका हुन्।अन्यले गरेको जस्तै निर्णय अनुसार नै आफूले पनि जवाफ दिँदै जाने उनले बताएका छन्।

अहिलेको यो व्यापार युद्धको असर शेयर मार्केटदेखि संसारको वित्तीय क्षेत्रमा परेको छ। यसको असर अमेरिकामा नै पनि परेको छ।

ट्रम्पले स्टिल र आल्मोनियममा २५ प्रतिशत कर लगाउने निर्णय बुधबारदेखि लागु गरेका हुन्। यस अघि उनले चिनियाँ सामानमा २० प्रतिशत करको निर्णय गरिसकेका छन्।


उनले कपर, लम्बर र कारमा पनि कर बढाउन सकिने चेतावनी दिएका छन्। युरोपेली युनियन र क्यानडाका नेताले यो निर्णय न्यायिक नभएको बताउँदै यसले अमेरिकी उत्पादनमा समेत असर गर्ने बताएका छन्। अमेरिकाका मेटल आपूर्ति गर्ने बेलायत, अस्ट्रेलिया, मेक्सिको र ब्राजिलले भने प्रतिक्रिया स्वरूप आफूले पनि कर लगाउने कुरा गरेका छैनन्।

बेलायती प्रधानमन्त्री केइर स्टेइमरले बारम्बार वार्ताबाट नै समस्यामा समाधान हुनसक्ने बताउँदै आएका छन्।

क्यानडाले ३० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ। यसमा स्टिल कम्प्युटर र खेल सामग्री लगायत छन्। प्रधानमन्त्री बन्ने तयारीमा रहेका मार्क कार्नीले ट्रम्पसँग वार्ताका लागि आफू तयार रहेको बताए।

युरोपेली युनियनले पनि १ अप्रिलदेखि लागु हुने गरी २८ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामान करको दायरा वृद्धि गर्ने जनाएको छ।


होली पर्वले सामाजि क सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
काठमाडौ - राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे ।

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो भने । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट