नेभिगेशन
खेलकुद

साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक

काठमाडौँ- भारतमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रम गरी ड्र सार्वजनिक गरिएको हो ।

ड्र अनुसार नेपाल समूह बी मा परेको छ । नेपालसँगै भारत र श्रीलंका पनि सोही समूहमा छन् ।

समूह ए मा मालदिभ्स, बांङ्लादेश र भुटान छन् । भारतको अरुणाञ्चल प्रदेशमा मे ८-१७ सम्म प्रतियोगिता हुने तय छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद