नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहको क्रेजले बालुवाटारमा रनाहा, विष्णु रिमालको टाउको दुख्नुको कारण

काठमाडौं– पोखरा हुँदै काठमाडौं आउँदै गरेका ज्ञानेन्द्र शाहको क्रेज देखेर प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नै तरङ्गीत भएको छ।

बालुवाटारमा यसको रनाहा भएको छ। शाहको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, दुर्गा प्रसाईंको अभियानलगायत देखेपछि ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको टाउको दुखेको छ।

उनले व्यङ्ग्यात्मक शैलीमा आइतबार बिहान फेसबुकमा स्ट्याटस लेखी प्रधानमन्त्री ओलीको सरकारी निवासमा नै तरङ्ग निक्कै बलियो रहेको स्पष्ट पारेका छन्। 

बालुवाटारमा नै यसबारे चर्चा रहेको प्रमाणस्वरुप रिमालले आफ्नो टाउको दुखाईको विषयलाई पोखेका छन्। 

हेर्नुहोस् रिमालको पोस्ट

त्यसको त बालुवाटार र शितल निवासको पनि चासो रहेको विषय शनिबार साँझको ओली र राष्ट्रपति रामचन्द्र पौडेलको भेट रहेको पनि थियो। 

राष्ट्रपति पौडेललाई शितल निवासमा भेटेपछि ओलीले शाहको चर्चा र त्यसको सुरक्षाको विषयमा पौडेलसँग परामर्श गरेका थिए। 

यसबाहेक प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको ठाडो आदेशमा सुरक्षा तैनाथी बढाइनुले पनि पुष्टि गर्छ। 

यहाँसम्मकी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा समितिको बैठक राखी चारै सुरक्षा निकायको बलियो उपस्थिति गराउने निर्णय गरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति