नेभिगेशन
सुरक्षा–अपराध

पत्नी निकितासँग किन पोखरा गए रवि लामिछाने, त्यसपछि कता जानेछन्

काठमाडौं– रास्वपाका सभापति रवि लामिछाने आइतबार पोखरा गएका छन्। उनी पत्नी निकिता पौडेलसँग पोखरा हिँडेका हुन्। 

सहकारी ठगी प्रकरणमा विभिन्न अदालतको धरौटीमा रिहा भएका उनी कास्की जिल्ला अदालत जानेछन्।

धरौटीमा रिहा भए पनि यस प्रकरणबाट मुक्ति पाइनसकेका उनी दोस्रो हाजिरी जमानीका लागि कास्की जिल्ला अदालत पोखरा जान लागेका हुन्। 

पोखरामा हाजिरी गरेपछि उनी जिल्ला अदालत रुपन्देहीका लागि त्यतैबाट लाग्नेछन्। 

यस प्रकरणमा डामिएपछि लामिछाने अहिले मौन छन्। उनी पोखराको उच्च अदालतमा धरौटी नभई साधारण तारेखमा रिहाईका लागि अर्को अपिल लिएर पुगेका थिए भने अन्य जिल्ला अदालतका आदेशविरुद्ध उच्चमा पुगेका छैनन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!