नेभिगेशन
खेलकुद

बार्सिलोनाका टिम डाक्टरको निधनले खेल रुद्ध

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार निर्धारित ओसासुनासँगको खेल रुद्ध भएको छ। खेल सुरु हुनु भन्दा २० मिनेट अघि क्लबका पहिलो टिम चिकित्सक कार्लोस मानारो गार्सियाको निधनमा खेल नहुने घोषणा भएको हो। त्यस समयमा धेरै जना दर्शक बार्सिलोनाको घरेलु मैदानमा पुगिसकेका थिए।

शनिबार साँझ नै गार्सियाको मृत्यु भएको हो। बार्सिलोनाका अध्यक्ष हुँवा लापोर्टाले उनको मृत्युमा समवेदना व्यक्त गरेका छन्।

बार्सिलोनाका खेलाडीले नै उनको सम्मान स्वरूप एक दिन खेल रोक्न गरेको निर्णयलाई स्वीकार गरिएको हो। शनिबार निर्धारित स्पेनिस ला लिगका अन्य खेल भने सञ्चालन भए।

सेल्टाभिगोले लेगानेसलाई २-१ ले, डेपोर्टिभोले भिल्लारयललाई १-० ले र भ्यालेन्सियाले रियल भालाडोलिडलाई २-१ ले हराए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद