नेभिगेशन
राजनीति

ज्ञानेन्द्र र राजावादीको गतिविधि देखेर आत्तियो माओवादीः जागरण अभियान स्थगित, पदाधिकारी बैठक डाक्यो

काठमाडौं– ज्ञानेन्द्र शाहको चहलपहल र राजावादी शक्तिको गतिविधि व्यापक हुन थालेपछि नेकपा माओवादी केन्द्र आत्तिएको छ। 

उसले तराई मधेसमा जारी राखेको जागरण अभियानलाई स्थगित गरेको छ। आइतबार पदाधिकारी बैठक पनि डाकेको छ।

जागरण अभियानका क्रममा नै अत्तालिएका प्रचण्डले ज्ञानेन्द्रलाई दल खोली चुनावमा आउनका लागि चुनौती दिएका थिए। 

राष्ट्र, राष्ट्रियताको महाअभियानले भयानक प्रदर्शनसँगै माओवादी र प्रचण्डमाथि निशाना बनाउन थालेपछि माओवादी अत्तालिएको एक पदाधिकारीले बताए। 

यसमा सरकारको रवैयाले पनि काम गरेको ठहर गर्दै माओवादीले राजावादी शक्तिलाई सीमामा राख्ने र नियन्त्रण गर्न नसके गणतन्त्र सिध्याउने अवस्था आइसकेको ठहर गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति