नेभिगेशन
खेलकुद

युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा

काठमाडौं - आगामी साता युगाण्डामा सुरू हुने महिला टी–२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप खेलेका थिए ।

मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ ।

नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३-३ खेलको शृंखला खेलेको थियो । त्यसमा जितविहीन रहेको नेपाली महिला टोलीका लागि एक महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मौका जुरेको छ ।

नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ । नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ ।

482603131_646547681652229_4159271854164076278_n-1226x1536-1740924046.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द