नेभिगेशन
खेलकुद

एमआरआर फूटसल टुर्नामेन्टमा ललितपुरको उपाधिमा ह्याट्रिक, १३ टोली समावेश थिए

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा युवालाई प्रोत्साहनका निम्ति बनेको समूह ‘मेन्स रुम रिलोडेड’ (एमआरआर)ले गरेको फूटसल प्रतियोगितामा टीम ललितपुरले उपाधि हात पारेको छ।

बुटवलमा भएको प्रतियोगितामा जित निकाल्दै उपाधिमा ललितपुरको ह्याट्रिक भएको हो। यसअघिका दुई संस्करणमा पनि ललितपुरले फाइनल जितेर उपाधि हात पारेको थियो।

१३ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगित रोमाञ्चित बनाइएको थियो। शनिबार भएको खेलमा समूह ‘ए’मा उपाधि हात पार्ने ललितपुरसहित काठमाडौं, झापा, बुटवल बी, हेटौंडा पोखरा बी र पाल्पा रहेका थिए। 

यसैगरी समूहमा ‘बी’मा चितवन, स्याङ्जा, बुटवल ‘ए’, पोखरा ‘ए’, कोशी र टीम म्यानेजर रहेको थियो। 

समूह एमा अझ धेरै टीमलाई पछार्दै फाइनलमा ललितपुरले उपाधि कब्जा गरी डिफेन्डिङ च्याम्पियन्सको गरिमा कायम राख्यो। यसअघि झापा र नवलपुरमा भएको प्रतियोगितामा पनि ललितपुरले उपाधि कब्जा गरेको थियो।

यस प्रतियोगिताको पूर्ण प्रायोजन बुटवल–लुम्बिनी फूटबल क्लवले गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द