नेभिगेशन
खेलकुद

च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा भारत र न्युजिल्याण्ड खेल्दै

 काठमाडौं - आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ए अन्तर्गतको उक्त खेल दिउँसो पौने ३ बजेदेखि यूएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली समूहविजेता बन्ने दाउमा हुनेछन् ।

Kआजको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागिसकेपनि प्रतिद्वन्द्वीहरूको भने टुंगो लागेको छैन ।

आजको खेलमा भारत विजयी भएमा समूहविजेताको रूपमा सेमिफाइनल खेल्ने छ । त्यस्तो हुँदा भारतको भेट सेमिफाइनलमा समूह बी को उपविजेता अस्ट्रेलियासँग हुनेछ । न्युजिल्याण्डले समूह बी को विजेता दक्षिण अफ्रिकासँग खेल्नेछ ।


न्युजिल्याण्डले भारतलाई हराएमा भने भारतको भेट दक्षिण अफ्रिकासँग हुँदा न्युजिल्याण्डले अस्ट्रेलियासँग खेल्ने छ । भारत संलग्न हुने खेल पहिलो सेमिफाइनलको रूपमा दुबईमा हुनेछ भने अर्को सेमिफाइनल पाकिस्तानको लाहोरमा हुनेछ ।


यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि यिनै चार टोलीहरू सेमिफाइनल पुगेका थिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द