नेभिगेशन
खेलकुद

पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं- नेपाल र म्यानमारले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल जारी छ। खेलको २४औं मिनेटमा म्यानमारले सुनौलो अवसर गुमायो। सान थाह थाहले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै प्रहार गरेकी थिइन्।

तर, गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा बिट भइसकेको अवस्थामा रक्षक विमला विकले लाइन क्लियरेन्स गर्दिइन्।

३५औं मिनेटमा नेपालले पनि अवसर गुमायो। रेखा पौडेलले निकाल्दिएको बललाई बक्सबाट सावित्रा भण्डारीले प्रहार गरेकी थिइन्।

तर, उक्त बल म्यानमारकी गोलकिपर म्या म्याले बचाइन्। रिबाउन्डमा रेखा र सरु लिम्बूले प्रयास गरे पनि सफल हुन सकेन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद