नेभिगेशन
सुरक्षा–अपराध

युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ-वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भएका हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार श्रेष्ठले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । श्रेष्ठ सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई शुक्रबार काठमाडौँ कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।

उनलाई हाल पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!