नेभिगेशन
राजनीति

नेसपा (नयाँ शक्ति)को महाधिवेशनमा प्रवासबाट पनि अनलाइन मतदान

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिले पनि मतदानको अधिकार प्रयोग गरेका छन् ।

भारत, हङकङ, दुबई, कुवेत, क्रोयसिया, अस्ट्रेलिया, अमेरिका, जापान, मलेसिया, कोरिया लगायतका देशका प्रवास कमिटीमा रहेका योग्य मतदाताले पार्टीको नेतृत्व चुन्ने प्रक्रियामा भाग लिएका हुन् ।

नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले नेपालमा आफूहरूले विल्कुल नयाँ प्रयास गरेको दाबी गरिन् ।

‘यो विल्कुल नयाँ प्रयास हो । उहाँहरूले उम्मेदवारी पनि माग गर्नुभएको थियो । त्यो चाहिँ मिलेन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर, मतदानको अधिकार चाहिँ प्रयोग गर्नुपर्छ भनेर हामीले त्यो प्रबन्ध मिलाएका हौँ ।’

नेकपाको पहिलो महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि हिजो (मंगलबार) मतदान भएको थियो । जसका लागि नेसपा नयाँ शक्तिले सफ्टवेयर निर्माण गरेको भट्टराई बताइन् ।

आ-आफ्नो इमेलमार्फत सबैले युनिक कोड र जीमेलको प्रयोगबाट मतदान गरेका हुन् । उनका अनुसार लगभग ४० देखि ५० जना प्रतिनिधिले प्रवासबाट मतदान गरेका छन् ।

निर्वाचन समितिका संयोजक राम कुमार पुरीका अनुसार बुधबार भएको मतदानको गणना सुरु हुने तयारीमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै