नेभिगेशन
मनोरञ्जन

नयाँ घरमा सरिन् शान्तिश्री परियार

काठमाडौं- गायिका शान्तिश्री परियार नयाँ घरमा सरेकी छिन् ।  उनले हालै गोंगबुको गणेशस्थानमा ४ करोड मूल्य पर्ने घर किनेकी थिइन् ।

केही दिनअघि उनी यो नयाँ घरमा सरेकी छिन् । यसअघि उनी सामाखुसीमा भाडाको घरमा बस्दै आएकी थिइन् । 

शान्तिश्री अहिलेको डिमान्डेड गायिका हुन् । रोल्पाको दुर्गम गाउँको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी शान्तिश्रीले कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै