नेभिगेशन
मनोरञ्जन

‘झिम्झिमाउने आँखा’गीतकी मोडल दिकिलाको नग्न भिडिओ काण्डको सत्यता के हो?

काठमाडौं– सामाजिक सञ्जालका च्याटदेखि टिकटकलगायतमा चर्चामा रहेको एकदेव लिम्बुको ‘झिम्झिमाउने आँखा’ गीतकी मोडल तथा कतिपय नेपाली फिल्ममा साइन गरिसकेकी अभिनेत्री दिकिल शेर्पा र पूर्वप्रेमीको नग्न भिडिओको बारेमा चर्चा चलिरहेको छ।

फेसबुक तथा युट्युबमा समेत पोस्ट र शेयर गर्दा अश्लिल ठहरिने दिकिलाको भिडिओ एक महिनाभन्दा बढी समयदेखि टेलिग्राम, स्न्यापच्याट, इन्स्टाग्रामकालगायतका डिजिटल एपहरुबाट युवापुस्तामा सर्कुलेट भइरहेको छ।

भिडिओ लिक भएको कारण अहिलेसम्म खुलेको छैन। तर, यसले अभिनयमा यात्रा तय गरेकी सिक्किमेली दिकिलाको जीवनमा भने हानि गरेको छ।

भारतको सिक्किम घर भएकी उनी काठमाडौँ–मुम्बई आउजाउ गरिरहन्छिन्। भिडिओ लिक हुँदा दिकिला काठमाडौंमै रहेकी थिइन्। नेपालमा विभिन्न फिल्म र भिडिओका लागि उनी अनुबन्धित थिइन्। तर, मुम्बई गएको भन्ने सन्देश दिइएको बताइन्छ।

लिक भएको भिडिओमा देखिएका पुरुष तथा दिकिलाका पूर्वप्रेमी अंकित लामा पनि भारतमै बस्ने भएकाले कसरी लिक भयो भन्ने सत्यता बाहिर आएको छैन।

युवा पुस्ताले औधि रुचाएको भारतीय रियालिटी शो ‘एमटिभी स्पिट्सभिल्ला २०२४’ को प्रतियोगीसमेत रहेकी दिकिला पछिल्लो समय नेपाली फिल्म ‘माइतिघर’मा अनुबन्धित भएकी थिइन्। तर काम गर्न पाइनन्। 

बुद्धि तामाङले निर्माण गर्न लागेको ‘कुस्ती’मा अनुबन्धित भएकी उनी सम्पर्कमा नरहेका कारण फिल्म टोली पनि तनाबमा छ। 

फागुनको पहिलो सातादेखि छायांकनमा जाने भनिएको उक्त फिल्मको लागि अहिले धमाधम कलाकारको वर्कशप भइरहेको छ। 

तुलनात्मक रुपमा दिकिलाको फ्यान फ्लोइङ नेपाल र भारतमा बराबर छ। उनको भिडिओ लिक भएपछि शुरुमा ‘डिपफेक’ हु्न सक्ने अनुमान गरिएको थियो। तर त्यो डिपफेक नरहेको भन्ने विभिन्न प्रयोगले पत्तो लगाएका समाचार प्रकाशित भएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै