Nic Ad Nic Ad
Nic Ad Nic Ad

हङकङमा पृथ्वीनारायण शाहको सम्झना गर्दै एकता दिवस, राप्रपा उपाध्यक्ष पाण्डेले के भने?

सोमबार, पुस २९, २०८१

काठमाडौं– नेपालमा राजसंस्था र हिन्दूत्वको खाँचो औंल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बिक्रम पाण्डेले हङकङ पुगेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन्। 

samridhi jewllers

सह–महामन्त्री बिजय खड्कासहित हङकङ पुगेका पाण्डेले प्रवासी नेपाली एकता समाजले गरेको कार्यक्रममा सम्बोधन गर्न भ्याएका हुन्।

‘पृथ्वीनारायण शाहको बारेमा जसरी चिन्ता लिनु भएको छ। त्यसरी नै राप्रपाले अघि सारेको सैद्धान्तिक विषयलाई पनि साथ दिनुहोस्’, पाण्डेले भने,‘विदेशीले नागरिकता पाउनुपर्छ भनेर नागरिकता विधेयक बनाइयो तर विदेशिएकाले नेपालमा लगानी गर्छु भन्दा गाह्रो छ।’

देशलाई माया गर्ने नेपाली एक नहुँदासम्म, रैथाने भाषा र जाती एक नहुँदासम्म अनि सनातनी हिन्दूको छातामा आएन भने मुलुक बाँच्न सक्तैन भन्दै पाण्डेले भने,‘हाम्रो एकता पृथ्वीनारायण शाहले दिएको दिव्योपदेशअनुसार चल्नुपर्छ।’

e8ff15dd-84f5-49c7-bd49-1f01a22b1561-1736760313.jpg
गोरखाबाट आएका राजाले देशको नाम नै गोरखा बनाउन सक्ने अवस्था हुँदाहुँदै सबैलाई समेटेर नेपाल बनाएको स्मरण गर्दै पाण्डेले भने,‘मूल्यवान संस्कृति जोगाउनका लागि एक बनौं।’

पाण्डेको उपस्थितिमा समाजका अध्यक्ष तुलसी उप्रेतीले कृति चिल्ड्रेन सेन्टरलाई नेपाली डेढ लाख बराबरको नगद सहयोग गरेका थिए। अटिज्मसम्बन्धी बालबालिकाको उपचारका लागि उनले यस्तो सहयोग गरेका हुन्। 

उपाध्यक्ष पाण्डे अझै केही दिन विभिन्न कार्यक्रममा सहभागी भएर फर्किने कार्यक्रम रहेको समाजका अध्यक्ष उप्रेतीले बताए।

68e967ca-df72-4d1f-923c-a45546ed25cd-1736760332.jpg
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्