Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु, को–को परेछन्?

शुक्रबार, पुस २६, २०८१

काठमाडौं– अमेरिकाको भर्जिनियाँमा भएको एउटा कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ। स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा ५५ बर्षिय कर्ण खड्का र २० बर्षिय निश्चल भट्टको मृत्यु भएको स्थानीय समाचार पोर्टलले जनाएका छन्। 

samridhi jewllers

एनबीसी वाशिङ्गटन डटकमका अनुसार खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे। उनले आफ्नो भान्जा नाता पर्ने भट्टलाई त्यही होटलमा काम लगाइदिने भनेर ल्याएका थिए।

कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो। कारको अघिल्लो भाग पानीमा डुबेको देखिन्छ।

अत्यधिक चिसो मौसम र उद्धारमा पनि ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको हो। मृतक कर्ण थापा छोरी ज्वाइँ र पत्नीसहित अमेरिकामा बस्दै आए पनि मृतक अर्का व्यक्तिको परिवार भने नेपालमा रहेको बताइएको छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्