नेभिगेशन
सुरक्षा–अपराध

रवि लामिछानेलाई आइतबार किन कास्की अदालत लगियो?

काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्रि शुद्धिकरणको अनुसन्धान सकी मुद्दा दर्ताको चरणमा रहेका रवि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्की लगिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दर्ता गर्न लागेका कारण उनलाई अदालतमा झिकाइएको हो। उनीसहित छविलाल जोशी (पूर्वडीआईजी)लगायत ५ जनाविरुद्ध आइतबार मुद्दा दर्ता गर्न लागिएको हो।

यसअघि शुक्रबार जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ