नेभिगेशन
सुरक्षा–अपराध

कन्ट्रोल रुमबाट खिचिएको थियो लामिछानेको तस्बिर, निकोलशसहित पहुँच दिने प्रहरीमाथि कारबाही

काठमाडौं– बुधबार रातीदेखि र विहीबार बिहानभरी चर्चा भएको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सुतेको तस्बिर प्रहरीको सीसीटीभी कन्ट्रोल रुमबाट खिचेको पुष्टि भएको छ।

कास्की प्रहरीले फोटोबारे अनुसन्धान भइरहेको बताएको छ। सामाजिक अभियानकर्मी बताउने रास्वपानिकट डा. निकोलश भुसालले आफूले तस्बिर खिचेको र सार्वजनिक गरेर गल्ती गरेको फेसबुक लाइभममा बताइसकेका छन्। 

तर प्रहरीले तस्बिर खिच्ने र त्यहाँसम्म पहुँच दिने प्रहरी अधिकारीलाई पनि कारबाही गर्ने प्रधान कार्यालयले जनाएको छ।  

उनले फोटो खिचेकोमा माफी मागेका छन्। निकोलश २०७९ सालमा रूपन्देही २ बाट चुनाव लड्न खोजे पनि उम्मेदवारी खारेज भएका व्यक्ति हुन् । उनी पछिल्लो समय रास्वपासँग निकट छन्।

फोटोलाई लिएर रास्वपा नेताहरूले गरिरहेको प्रचारप्रति एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा कटाक्ष गरेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ