नेभिगेशन
पुँजी बजार

अध्ययनका लागि तीन महिनामा ५६ देशमा पुग्यो नेपालको ३२ अर्ब रकम, विदेश घुम्नेले ५५ अर्ब सिध्याए 

काठमाडौं– अध्ययन खर्चका नाममा नेपालबाट तीन महिनामा नै विभिन्न मुलुकमा विद्यार्थीमार्फत ३२ अर्ब रकम बाहिरिएको सरकारी तथ्यांक सार्वजनिक भएको छ।

उच्च शिक्षाका नाममा नेपालबाट यत्रो रकम बाहिरिएको हो। 

चालु आर्थिक वर्षको असोज महिनासम्म नेपाली विद्यार्थीमार्फत उच्च शिक्षा अध्ययनका नाममा ३१ अर्ब १८ करोड रूपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष २०८०–८१ मा वैदेशिक अध्ययनका नाममा १ खर्ब २५ अर्ब १३ करोड रूपैयाँ बाहिरिएको थियो। 

नेपालबाट विदेश घुम्नका लागि बाहिरिने रकम ७.७ प्रतिशतले बढेको छ। तीन महिनामा नेपालबाट भ्रमण शीर्षकमा ५५ अर्ब ७८ करोड बाहिरिएको छ। 

नेपालबाट बर्सेनी हजारौं विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिने गरेका छन्। शिक्षा मन्त्रालयका अनुसार नेपालबाट ५६ राष्ट्रमा विद्यार्थी जाने गरेका छन्।

नेपालबाट अध्ययनका लागि सबैभन्दा बढी जापान जाने गरिन्छ। बेलायत, अमेरिका, अस्ट्रेलियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि नेपाली विद्यार्थी जान्छन्। 

कोरिया, डेनमार्क, इजरायल, ओमान, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया, श्रीलंका, इजिप्ट पनि अध्ययनका लागि विद्यार्थी जाने गरेका छन्। 

यसैगरी रसिया, दुबई, स्पेन, सिंगापुर, टर्की, फ्रान्स, बंगलादेश, फिलिपिन्स, पाकिस्तान, पोल्यान्डसहित रोमानियालगायत मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थीले अनुमति लिने गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्