Nic Ad Nic Ad
Nic Ad Nic Ad

झ्याप्लेखोला पहिरोमा मात्रै फेला परे २८ शव 

आइतबार, असोज १३, २०८१

काठमाडौं– पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोला पहिरो मात्र २८ शव फेला परेका छन्। अन्यको खोजी कार्य जारी छ। 

samridhi jewllers

हालसम्म सानाठूला चारवटा यात्रुबाहक सवारी साधन र २८ जनाको शव फेला परेका हुन्।  

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने झ्याप्लेखोलामा शनिबार दुईवटा बस १४ जनाको शव फेला परेका थिए भने आइतबार अहिलेसम्म थप दुई बस र १४ वटा शव फेला परेका हुन्।

बस र शव निकाल्ने क्रम जारी छ। अहिलेसम्म यात्रुको संख्या तथा परिचय खुलिसकेको छैन।

सोही स्थानमा गोरखाबाट गायव भएको भनिएको बससमेत भेटिएको छ।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्