नेभिगेशन
राजनीति

१३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकियो, अर्को बैठक २४ गते बस्ने

काठमाडौँ - विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भदौ २४ गतेसम्मका लागि स्थगित भएको छ । 

एक साताभित्र प्रस्तावित राजदूतहरूको सुनुवाइ सक्ने भनिए पनि समितिको अर्को बैठक २४ गते पुगेपछि सुनुवाइ पनि लम्बिएको हो । राजदूतहरूको सुनुवाइ आइतबारबाट सुरु भएको थियो । 


अहिलेसम्म १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ । बुधवार दक्षिण कोरिया, साउदी अरब, रुस र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतको सुनुवाइ भएको छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आ-आफ्नो कार्ययोजना पेस गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एक युगका ब्रेकिङ न्यूज