मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार
काठमाडौं– पत्रकारिता क्षेत्रका अध्येता, ज्ञाता मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’लाई यस बर्षको मदन पुरस्कार प्रदान गरिएको छ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो।
प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको छ। दुवै पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ।
२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट मैनालीको पुस्तक छनौट भएको हो। यसअघि अन्तिम ५ मा भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए।
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१ १३:३७
प्रतिक्रिया दिनुहोस्