नेभिगेशन
राजनीति

नेताहरूले बोल्ने क्रम नसकेपछि माओवादी स्थायी कमिटी सोमबार पनि

काठमाडौं– पार्टी कार्यालय पेरिसडाँडामा जारी माओवादी स्थायी कमिटी बैठक सोमबार पनि चल्नेछ ।

नेताहरूले बोल्ने क्रममा सकेकाले सोमबार पनि बैठकलाई निरन्तरता दिने केन्द्रीय कार्यालयले  जानकारी दिएको छ ।

२५ गतेबाट सुरु भएको बैठकमा सबै स्थायी कमिटी बैठकले पालैपालो आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।

यस्तै पार्ट संगठन विभाग प्रमुख तथा पार्टी उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा पनि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्।

पछिल्लो समय माओवादीमा जनलहर खस्किएको भन्दै नेताहरूले माओवादीलाई रूपान्तरण गरेर अगाडि बढाउनुपर्ने कुरामा स्थायी कमिटी बैठकमा जोड दिइरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति