नेभिगेशन
समाज विविध

चार जना सवार एयर डाइनेस्टीको हेलिकोप्टर बेपत्ता

काठमाडौं– रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकप्टर नुवाकोटमा बेपत्ता भएको छ।

१ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ।

चार जना सवार रहेको हेलिकोप्टर जंगल क्षेत्रमा बेपत्ता भएका कारण खोजी जारी रहेको र प्रहरी त्यहाँ पुगिनसकेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले क्यानडानेपाललाई जानकारी दिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध