नेभिगेशन
राजनीति

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

आज मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको भेटघाटमा उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए । 

स्वास्थ्यमन्त्री पौडेलले एकीकृत ढङ्गबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिए । ‘कतिपय प्रदेश र स्थानीय तहले फरक-फरक ढङ्गले काम गरिरहेका छन्, यसरी स्वास्थ्य क्षेत्र सुधार हुँदैन । तीन तहको समन्वयबाट मात्र स्वास्थ्य क्षेत्रको सुधार गर्न सकिन्छ । त्यसैले समन्वयका साथ एकीकृत रूपमा अगाडि बढ्नुपर्छ’, उनले भने । 

आधारभूत स्वास्थ्यलाई निःशुल्क गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको भन्दै मन्त्री पौडेलले अन्य रोगको उपचारको स्वास्थ्य बीमाबाट गर्ने गरी सबैलाई यसको दायरामा लाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति