नेभिगेशन
राजनीति

प्रतिनिधिसभाको बैठक चार बजेलाई सारियो

काठमाडौं - प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।

अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति