नेभिगेशन
राजनीति

प्रतिनिधिसभाको आजको बैठक अझै बस्न सकेन

काठमाडौं- दलहरूबीच कुरा नमिल्दा प्रतिनिधिसभाको बैठक अझै शुरू सकेको छैन । दिउँसो २ बजेका लागि तोकिएको बैठक अझै शुरू नभएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागमा विपक्षी दलहरूले अडान यथावत् राखेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन खोल्न नसक्ने निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेस लचक भए पनि प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण सदनको गतिरोध लम्बिइरहेको माओवादीको दाबी छ ।

गएको जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ । विपक्षीहरूले बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि जेठ १५ गतेको बैठक चल्न दिए पनि त्यसपछिका बैठकमा निरन्तर अवरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति