Nic Ad Nic Ad
Nic Ad Nic Ad
डनबाट राजनीतिज्ञ

इन्काउन्टर हुनबाट जोगिएका भाग्यमानी दीपक मनाङे गण्डकीका सदाबहार मन्त्री (भिडिओ पनि)

मंगलबार, जेठ २९, २०८१

काठमाडौं– गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे भाग्यमानीमा दरिएका छन्। 

गुन्डा नाइकेको उपमा पाएका मनाङे गण्डकीका सदाबहार मन्त्री बनेका छन्। उनी यस पटक फेरि भौतिक निर्माणमन्त्री बनेका छन्। 

प्रदेश सरकारमा फेरबदल भइरहँदा पनि मन्त्रीमा मनाङेले चान्स पाउनुको कारण हो– एक जनाको आवश्यकले पुग्नुपर्ने बहुमत। यसअघिको सरकारमा पनि उनी भौतिक मन्त्री थिए। 

मनाङेको राजनीतिक यात्रा पनि रोचक छ। उनी मनाङ ‘ख’का निर्विरोध सांसद हुन्। कांग्रेस, जनजाती मोर्चा हुँदै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमा उनको राजनीतिक सहभागीता थियो। 

रोचकचाहिँ के छ भने एउटा प्रहरी अधिकारीको हात काँपेका कारण इन्काउन्टर हुनबाट जोगिएका थिए। ठमेलका रेष्टुरेन्टमा एकाधिकार जमाएका उनले छोरालाई अभिनेता बनाएर फिल्म पनि निर्माण गरेका थिए। 

कालो कर्तुतले बिख्यात उनी सेतो पहिरनका पारखी पनि हुन्। 

 ६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत हुनेगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई दोस्रो पटक भौतिक मन्त्री बनाएका हुन्। नेकपा सरकारका पालामा उनी खेलकुदमन्त्री थिए। त्यसबेला प्रदेश खेलकुद परिषदका अधिकारीमाथि हातपात गरेका कारण उनी विवादमा तानिएका थिए। 

समग्रमा मनाङे गण्डकीमा छैटौं पठक मन्त्री  भएका छन् ।

राजनीति भन्दा फरक गुन्डागर्दीका बेला प्रहरीले बारम्बार पक्राउ गरी कानुनी कारबाही गरेको, धरौटीमा रिहा भएको उनका बिगतका कथा प्रायः सबैले सुनेका छन्। ‘इन्काउन्टर’को सबै तयारी गरी स्पोटमा खटिएको प्रहरीका तत्कालिन कमान्ड गरेका एसपी पदबाट राजीनामा दिएका नरेन्द्र उप्रेतीको हात काँप्दा मनाङेले नयाँ जीवन पाएको बताइन्छ।

काठमाडौंमा मनाङेको जगजगी भएका बेला उनको इन्काउन्टरको सबै तयारी भएको थियो। तत्कालिन एक प्रहरी अधिकारी भन्छन्,‘टोलीको कमान्ड गरेका उप्रेतीले ठमेलस्थित मनाङेको क्लबमा सुटको अर्डर लिएर गएका थिए तर, बन्दुक चलाउन नसक्दा उनको ज्यान जोगियो।’

कुनै बेला काठमाडौंमा दुई जना डन भनिनेको रजगज चल्ने चर्चा हुन्थ्यो। एक जना मनाङे थिए भने अर्का मिलन गुरुङ उर्फ चक्रे मिलन। अहिले पनि यीनिहरुको छिटपुट प्रभाव रहेको कतिपय बताउँछन्। तर, नयाँ परिवेशमा नयाँ नयाँ शैलीका गुन्डा नाइकेहरूको जन्म र प्रहरीले चलाएको इन्काउन्टरका कारण दुवै समूहका कतिपय व्यक्ति तितरबितर हुँदै राजनीति र व्यावसायमा लागेका छन्।

मनाङेको काठमाडौंमा अपराधमा संलग्नता सन् १९९० को दशकको सुरुतिर जाने विवरण इन्टरनेटमा समेत भेटिन्छन्। जब उनले काठमाडौंको ठमेलमा होटल र रेष्टुरेन्ट मालिकहरूलाई जबरजस्ती चन्दा उठाउन थाले, प्रहरीले २०५९ सालमा पहिलो पटक पक्राउ गरको थियो।

तर मनाङे आफैंले भने कुनै गुन्डागर्दी नगरेको दाबी गर्छन्। उनले कतिपय सार्वजनिक फोरममा भनेका छन्,‘प्रहरीले मलाई गुन्डा भनी प्रचार गरेको हो। म त काम गर्ने व्यावसायी थिएँ। अहिले राजनीतिज्ञ हुँ।’ 

यो भिडिओ हेर्नुहोस् 
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्