Nic Ad Nic Ad
Nic Ad Nic Ad
न्यायको यात्रामा लामिछाने

सन्दीपप्रति कलाकार हरिवंशको सदभावमा झुमे क्रिकेटप्रेमी नेपाली, साजिक सञ्जालमा ‘खुसीका असिना’

सोमबार, जेठ २८, २०८१

काठमाडौं– सबैभन्दा ठूलो न्याय प्रेम हो। अझ त्योभन्दा पनि सर्वोच्च न्याय खेल हो भन्ने भावना दर्शाएका छन्, नेपालीहरूले। 

नेपाल अहिले टि–२० क्रिकेत विश्वकप खेलिरहेको छ। वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको खेलमा नेपाली खेलाडीले पाएको मायामा दुनियाँले ताज्जुब मानिरहेको छ। र, खेल्न नपाएको स्थिति र अमेरिकाले भिषा नदिएका कारण जान नपाएका पूर्वकप्तान सन्दीप लामिछानेको अभावको पनि चर्चा थियो। 

तर, नेपाली फेरि खुसी भएका छन्। अमेरिकाले भिषा नदिए पनि आगामी खेलमा लामिछानेलाई वेस्ट इन्डिजमा हुने प्रतियोगीतामा देखिन पाइने भएको छ। क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)को पहलमा लामिछाने वेस्ट इन्डिज पुगिसकेका छन्। 

उनले सबै नेपालीप्रति अपिल जारी गर्दै क्यानलाई नदोष्न पनि भनेका छन्। पूर्वकप्तान क्यान सचिव पारस खड्काले पनि बीचमा भएका आलोचना चिर्दै सन्दीप वेस्ट इन्डिज पुगेको जाहेर गरिसकेका छन्। खुसी मिजासमा उनले केही हल्लाको खण्डन पनि गरेका छन्। 

उनले भनेका छन्,‘क्यानका केही सदस्यका कारण भ्रम फैलाइयो।’

जे होस्, सन्दीप अब खेल्नेछन्। यसैमा खुसीको असिना नै बर्षिएको छ। अझ, रापतापसहितका प्रतिक्रिया पनि छन्। बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नै सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो खुसीको समाचार जताततै भाइरल छ। 

महजोडीका मदनकृष्ण श्रेष्ठ र सन्दीसहितको तस्बिर राख्दै आचार्य लेख्छन्,‘सन्दीप लामिछाने विश्वकप क्रिकेटका वेस्ट इन्डिजमा हुने खेलहरुमा सहभागी हुने भएकोमा हार्दिक बधाई र सम्पूर्ण टोलीलाई सफलताको शुभकामना।’ यहि शुभकामना सन्देश अहिले सामाजिक सञ्जालमा भाइरल छ।

hari-1718005148.jpg 

नेपालको आगामी खेल भने सन्दीपले गुमाउनेछन्। किनभने श्रीलंकासँगको खेल अमेरिकामा नै हुने भएको छ। तर त्यसपछिका खेलमा भने उनको उपस्थिति अनिवार्य हुनेछ। क्यानको अग्रसरतामा १५ सदस्यीय टोलीमा १४ जनाको नाम मात्र पठाइएको थियो। १५औं खेलाडी सन्दीपलाई राख्नका लागि यसो गरिएको थियो। 

पछिल्लो चरणमा क्यानको रणनीतिअनुसार नै निर्णय भएकोमा सबैले खुसी साटेका छन्। नेपालले सन् २०१४ पछि दोस्रो पटक टी–२० विश्वकपमा सहभागीता जनाउने मौका पाएको हो। ग्रुप अफ डेथमा रहेको नेपालले पहिलो खेलमा नेदरल्यान्डससँग हार व्यहोरेको थियो। 

श्रीलंकासँग नतिजा निकाल्नेगरी तयारी गरेको नेपालले साउथ अफ्रिका र बंगलादेशसँग पनि खेल्नेछ। ग्रुपका खेलमा सन्दीप साउथ अफ्रिाक र बंगलादेशविरुद्ध स्टेडियममा देखिनेछन्।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्