नेभिगेशन
समाज विविध
प्रचण्डको परिवारपथ

माओवादी शक्ति केन्द्रमा गंगाको अस्वभाविक उदयको अर्थ

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनुनजेलसम्म गंगा दाहालको नाम कसैले सुनेको थिएन। सुनेका थिए त, केबल प्रकाश दाहाल। 

व्यक्तिगत जीवनका केही उतारचढाव पार गरेर व्यवाहारिक यात्रामा लागेका प्रकाशले प्रचण्ड प्रधानमन्त्री बन्दा माओवादीकै कतिपय लोभीपापी नेताको घेरा तोडेका थिए। यसैकारण प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्वको समय स्वर्णिम मात्र बनेन, सफल भयो। प्रचण्ड सन्तुष्ट थिए। 

यतिसम्मको पहल भयो कि प्रकाशको व्यक्तिगत पहलका कारण भारतमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर र दक्षिण दिशामा राखेर प्रचण्ड सोफाको बीचमा बसेको तस्बिर बाहिरियो। त्यसले खुबै चर्चा पायो। 

जब प्रकाशको निधन भयो अनि प्रचण्डको किचनमा प्रवेश भइन् गंगा दाहाल। प्रकाश प्रचण्डका एक मात्र पुत्र थिए। गंगा भने कान्छी छोरी हुन्। अब उनको ताकत छोरीमा मात्र सीमित छैन, प्रथम महिला, स्वकीय सचिव, छोरी र प्रचण्डको विश्वासको कसी त हुन् नै राजनीतिमा पनि एक प्रकारले उदय गराउन खोजिएकी उत्तराधिकारी भन्दा फरक पर्दैन।

माओवादीभित्र उनको शक्ति यसरी हावी भयो कि पति जीवन आचार्यलाई सांसदको उम्मेदवारसहित कोशी प्रदेशको मन्त्री बनाउन सफल भइन्। यति मात्र होइन प्रचण्डको पहिलो घेरा उनी बनिन्। 

त्यसैले स्वतन्त्र सांसद अमरेश सिंहले आक्रोश पोख्दै भनेका थिए,‘गंगाले प्रधानमन्त्री प्रचण्ड भेट्ने समय नै दिइनन्।’ 

यति मात्र होइन देशका व्यापारी, उद्योगीसहितका शक्ति केन्द्रसित सम्बन्ध राख्नेको पहिलो घेरा नै गंगा बनेकी छन्। चाहे परिवारमा होस् चाहे राजनीतिमा गंगाको शक्ति र उदय असामान्य बन्यो। 

अहिले प्रचण्ड भनेकै गंगा हुन्। गंगाले जे भन्छिन्, कानुन त्यहि बन्छ। गंगा जे चहान्छिन् प्रचण्डको मत त्यहि हुन्छ। जसरी धार्मिक दृष्टिमा महादेवको शिरमा गंगा अनिवार्य देखाइन्छ, प्रचण्डको राजनीतिक जीवनमा गंगा निर्विकल्प हुन्

माओवादी केन्द्रीय समितिमा गंगाको आलोचना भयो। तर प्रचण्डले त्यो आलोचना नजरअन्दाज गरिदिए। देशी मात्र होइन विदेशी शक्तिबीच पनि प्रचण्डको प्रमुख प्रतिनिधि गंगा हुन्। उनी प्रचण्डको प्रमुख स्वकीय सचिव होइनन्। तर, सबैथोक बनिसकिन्। हेर्दा सामान्य पदमा रहे पनि उनी हावी छिन्। उनकै कारण प्रमुख राजनीतिक सल्लाहकार बनेका उपमहासचिव हरिबोल गजुरेलसम्म राजीनामा दिन बाध्य भएको उच्च स्रोतले दाबी गरेको छ।  

PrachandaGanga_-MK-1717997752.jpg

अहिले प्रचण्ड भनेकै गंगा हुन्। गंगाले जे भन्छिन्, कानुन त्यहि बन्छ। गंगा जे चहान्छिन् प्रचण्डको मत त्यहि हुन्छ। जसरी धार्मिक दृष्टिमा महादेवको शिरमा गंगा अनिवार्य देखाइन्छ, प्रचण्डको राजनीतिक जीवनमा गंगा निर्विकल्प हुन्। 

पछिल्लो पटक शपथ लिएका भारतीय प्रधानमन्त्री मोदीसँगको वान टु वान वार्तामा पनि गंगा अनिवार्य उपस्थित थिइन्। यसअघि राजकीय भ्रमणमा रहेका बेला गंगा भारतीय विदेशमन्त्री एस जयशंकरसितको वान टु वान वार्तामा बसेको विषय आलोचना भएको थियो। 

‘माओवादी परिवारवादमा लाग्यो, अध्यक्षले यस्तो शैली भत्काउनुपर्छ भन्ने आवाज उठेको थियो। तर सुनुवाई भएन बरु दुश्मनी जस्तो व्यवाहार हुन थाल्यो’, माओवादीको एक केन्द्रीय सदस्य भन्छन्,‘के गंगा उत्तराधिकारी हुन्? कि भन्नपर्छ होइन भने पार्टीको निर्णय अध्यक्षलेचाहिँ मान्नु पर्दैन भन्ने छ र?’

हुन पनि केन्द्रीय समितिको बैठकमा ओम शर्मालगायतले प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लगाउँदै गंगाको राजनीतिक हैसियतबारे प्रश्न गरेका थिए। तर, यी प्रश्न जम्मा बैठकका चर्चाका विषय बने गंगाले उडान रोकिनन् न त्यसमा प्रचण्डले ब्रेक लगाए। बरु, अझ प्रभावी यात्रा तय गरिदिए। यस्तो लाग्छ– प्रचण्ड गंगालाई राजनीतिक उत्तराधिकारी बनाउँदैछन्। 

चार सन्तान मध्य तेस्री छोरी हुन्, गंगा। जेठी छोरी ज्ञानु र छोरा प्रकाशको निधन भइसकेको छ भने माइली छोरी रेणु भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालमा निर्वाचित भएर काम गरिरहेकी छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध