नेभिगेशन
समाज विविध

भोटेकोशी बाढी उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा फोर्स ल्याण्डिङ

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नेपाली नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अनुमतिबिना प्रवेश गरेको भन्दै त्यहाँका सुरक्षा अधिकारीले फोर्स ल्याण्डिङ गराएका छन्। रसुवागढी नजिक चिनियाँ भूमिमा अवतरण गराइएको उक्त हेलिकोप्टर हाल उतै रोकिएको छ।

नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार, सीमापारि पनि उद्धार गर्नुपर्ने आवश्यकता भएकाले हेलिकोप्टर चीनतर्फ गएको थियो। तर, प्राविधिक समस्याका कारण हेलिकोप्टर अवतरण गर्नुपरेको र मर्मतपछि फर्किने बताए।

बाढीका कारण चीनतर्फ अलपत्र परेका करिब एक सय ५० जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजान हेलिकोप्टर खटिएको थियो। तर, पूर्वअनुमति नलिई हेलिकोप्टर प्रवेश गरेको भन्दै चिनियाँ पक्षले अवतरण गराएको हो। यस विषयमा स्थानीय प्रशासनले गृह, रक्षा र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध