नेभिगेशन
समाज विविध

जसपा नेपालद्वारा सरकारलाई दिएको विश्वासको मत फिर्ता, के भन्छन् उपेन्द्र यादव?

काठमाडौं– जसपा नेपालले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छ। 

अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कुराकानी गरेपछि राजीनामा दिएका थिए। राजीनामा दिएको केही समयमा नै विश्वासको मत फिर्ता लिने निर्णय भएको थियो। 

जसपा नेपाल विभाजन भइसकेको छ। एमाले र माओवादीको गठबन्धनमा बसेर काम गर्न मुस्किल भएपछि राजीनामा दिएको यादवको प्रतिक्रिया छ। 

प्रधानमन्त्रीसँग कुराकानी गरेपछि आफू सरकारबाट बाहिरिएको उनको भनाई छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध