नेभिगेशन
समाज विविध

चिरञ्जीवीको राजीनामा स्वीकृत

काठमाडौं– विवादीत अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ। 

नेपालको राजीनामा स्वीकृत गरेको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ। एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको थियो।

उनको अभिव्यक्तिको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरोध जनाएका थिए। 

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गर्दैै सीमा विवादकाबीच यो निर्णय समयसापेक्ष नभएको नेपालको भनाई थियो। 

४ वैशाखमा बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध