सदन अवरोध गर्न यस्तो रहेछ कांग्रेसको रणनीतिः बटमलाइन पनि त्यहि हो

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनको संसद बैठकमा अबरोध गर्ने रणनीतिलाई निरन्तरता दिने भएको छ। 

मुख्य दलका शीर्ष नेता बोलेपछि सदनको कारबाहीलाई प्रभावित बनाउनका निम्ति सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेउपर संसदीय छानबिन समिति गठनको बटमलाइन सांसद रामहरी खतिवडाले सुनाउनेछन्। 

त्यसअघि रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिका हिसाबमा सदनमा सम्बोधन गर्नेछन्। लगत्तै कांग्रेसका महामन्त्री गगन थापाले बोलेपछि प्रतिपक्षका सांसदले उभिएर सदनको कारबाहीलाई अवरोध गर्ने रणनीति रहेको बताइएको छ।

कांग्रेस संसदीय दलको बैठकमा रवि लामिछाने संलग्न रहेको प्रतिवेदनसहितको प्रहरीको विवरण अध्ययन गराइएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्