सभामुखले बोलाएको बैठक सुरु, प्रमुख दलका मुखियासहित सचेतकहरू सहभागी

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अधिवेशन सहजताका लागि बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका प्रमुख नेतासहित सचेतकहरु पुगेका छन्। 

जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहितका नेता उपस्थित छन्। 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौलासहित सहभागी बैठकमा प्रतिनिधि सभाको बजेट अधिवेशन सहजीकरणका विषयमा घिमिरेले सहयोगको माग गरेका छन्।

sabhamuk-1715063744.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्