ओलीको शरणमा पुगे बामदेव, मागे जिम्मेवारी

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेका छन्। उनले एमालेमा फर्किनका लागि आतुरतामात्र देखाएका छैनन्, ०८४ सालको निर्वाचनमा ६० लाख भोट ल्याउने जिम्मेवारी दिन पनि ओलीसँग माग गरे। 

वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताए। ‘६० लाख मत ल्याउने जिम्मेवारी दिनुहोस् म पूरा गर्नेछु’, गौतमले भने। 

तर ओलीले भने अहिले त्यस विषयमा छलफल गर्ने कार्यक्रमको थलो नभएको प्रतिक्रिया दिए। उनले एकताको भावना सकारात्मक रहेको भन्दै गौतमलाई भने,‘वामदेव कमरेडले उठाउनुभएको कुरा छलफल गर्ने थलो यो होइन। पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौँ। वामदेवजीको एकताको भावना त्यो सकारात्मक छ। महाअभियान सफल होस्। शुभकामना।’
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्