Nic Ad Nic Ad
Nic Ad Nic Ad
जसपा विभाजन

उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गर्दै प्रधानमन्त्री प्रचण्ड, यादवको पद कसलाई?

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट बर्खास्त गर्ने तयारी भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई बर्खास्त गरी नयाँ पार्टी गठन गरेका अशोक राईलाई उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन्। 

सत्ता समीकरणको ठूलो दल नेकपा एमालेको सिफारिसका आधारमा त्यसो हुन लागेको उच्च स्रोतले जनाएको छ। यादव अमेरिका भ्रमणमा रहेका छन्। उनी अमेरिकाबाट फर्किनासाथ बर्खास्त गर्ने तयारी भएको उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दियो।

यसैगरी नेकपा एकीकृत समाजवादीलाई पनि सरकारबाट अलग राख्ने तयारी भएको बताइन्छ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्