जसपा विभाजनको कम्पन एकीकृत समाजवादीमा, त्रसित माधव नेपालले डाके संसदीय दलको बैठक

सोमबार, वैशाख २४, २०८१

काठमाडौं– अशोक राईको नेतृत्वमा ७ सांसद र २९ केन्द्रीय सदस्यसहित जनता समाजवादी पार्टी (जसपा) विभाजनको कम्पन नेकपा एकीकृत समाजवादीमा परेको छ। 

राष्ट्रिय दल समेत नबनेको उक्त पार्टीेका अध्यक्ष माधवकुमार नेपाल त्रसित छन्। उनले संकट टार्नका लागि सोमबार संसदीय दलको बैठक डाकेका छन्। 

‘राष्ट्रिय पार्टी नै विभाजित भएको अवस्थामा आन्तरिक विवादमा रुमल्लिएको नेकपा एकीकृत समाजवादीमा त पहिरो नै जाने सम्भावना छ’, उक्त पार्टीका एक नेता भन्छन्,‘अझ अहिलेको सरकारको विकल्पको नै खोजी गर्न थालेपछि विवाद चरमचुलीमा छ।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितका केही सांसद अहिलेको समीकरणबाट अलग हुन नहुने पक्षमा छन्। तर, अध्यक्ष नेपाल भने विकल्पको समीकरणको पक्षमा थिए। 

यहि चर्चाबीच एकाएक जसपा विभाजन हुनुले नेकपा एकीकृत समाजवादी संकटमा छ। यसका अध्यक्ष नेपाल त्रसित बनेका छन्।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्