आत्मनन्दले मतदान गरेको वडामा थेगिमलाई मतको बाढी, अरुले सय कटाउन नसक्दा घन्टीको ३ मात्रै

सोमबार, वैशाख १७, २०८१

काठमाडौं– पहिचानवादी उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमलाई किराँत धर्मगुरु आत्मनन्द लिङ्देनले मतदान गरेको इलाम–२ मा पर्ने माङुेबुङ ५ नम्बर वडामा मतको बाढी आएको छ। 

किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरूआमा पवित्रहाङमाको निर्वाचन क्षेत्र हो माङ्सेवुङको ५ नम्बर वडामा अन्य उम्मेदवारले सय कटाउन नसक्दा घन्टीको जम्मा ३ मत मात्र आयो। 

धर्मगुरुले मतदान गरेको वडाबाट थेगिमले १ हजार ३२ मत पाएको निर्वाचन आयोगले जनाएको छ। जहाँ  १ हजार १९३ मतगणना भएको थियो। यो वडामा एमालेका सुहाङ नेम्वाङले ६९ मत पाए।

नेपाली कांग्रेसका उमेदवार डम्बर खड्काले ४९ मत प्राप्त गरे। रास्वपा उमेदवार मिलन लिम्बूले ३ मत मात्र पाए।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्