अपराध अनुसन्धान अप्रेशनः डेढ किलो सुन र १ करोड ४४ लाख बराबर नगद जफत

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं– नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ जफत गर्दै ७ जनालाई नियन्त्रणमा लिएको छ।  

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित व्यक्तिलाई पक्राउ गरेको हो। 

काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलबाट १ किलाने ७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू, आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल  भरतराज खरेल, भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टलाई पक्राउ गरेको हो। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्