सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई न्याय दिऔँ : गृहमन्त्री लामिछाने

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ - रास्वपाका सभापती तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई न्याय दिनुपर्ने प्रस्ताव पेस गरेका छन् । 

आज बसेको मन्त्रीपरिषद बैठकमा उनले  फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्तिसमेत खोजेर तत्काल रोक्का गरी लिलाम गर्नुपर्ने बताएका छन् ।

 वैठकमा लामिछानले आफू विभागीय मन्त्री नभए पनि क्याबिनेट सदस्यका रुपमा प्रस्ताव राखेको बताए । उनले लिखितरुपमा राखेको प्रस्तावमा भनिएको छ, ‘‘यथाशीघ्र सम्पत्ति लिलाम गरेर गरिबको पैसा तिर्न सुरु गर्ने व्यवस्था मिलाउन जरुरी छ । तिर्न चाहने असल नियत भएकाहरुलाई नियन्त्रणमा राखेर आफैं हरहिसाब मिलाउने अवसर दिने व्यवस्था गर्न सकिन्छ । त्यसका लागि केही निर्णय गरौं । आजै आजैबाट अध्यादेश ड्राफ्ट गर्ने निर्णय गरौं ।’

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्