एमालेको जनसङ्ठनहरुको महिला राष्ट्रिय भेला हुने

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएकोे छ । जनसङ्गठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकादेवी हमालका संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य एवं जनसङ्गठनका संयोजक भानुभक्त ढकालले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेलाको प्रमुख अतिथि रहने र अध्यक्ष केपी शर्मा ओलीले भेलाकोे समापन गर्नुहुने जनाइएको छ ।

भेला व्यवस्थापन समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहनुभएको छ । यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित अनेमसङ्घका महासचिव पेम्बा लामा, अन्य जनसङ्गठनका तर्फबाट जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य  छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्