सिन्धुपाल्चोकमा भएको जन्ती बस दुर्घटनाका तीन मृतकको सनाखत

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं– जन्ती बोकेको बस दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा दोलखाको भीमेश्वर नगरपालिपका–१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा ५२ जना घाइते भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्