राप्रपा प्रदर्शनमा प्रहरीको अश्रुग्यास लागेका नेता डाँगीको मृत्यु

सोमबार, वैशाख ३, २०८१

काठमाडौं– ४० बुँदे माग राखी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले धरपकड र अश्रुग्याँस प्रहार गर्दा घाइते भएका एक नेताको सोमबार बिहान मृत्यु भएको छ।

राप्रपा स्थानीय तहका नेता ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् ।

राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो।

राप्रपाले ६ दिनअघि राजधानीमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेको थियो।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्