सलमान खानको घरअगाडि गोली चल्यो, मुम्बई प्रहरी तैनाथ

आइतबार, वैशाख २, २०८१

काठमाडौं– बलिउड टाइगर सलमान खानको घरअगाडि आइतबार अज्ञात समूहले गोली चलाएको मुम्बई प्रहरीले जनाएको छ। 

मुम्बईको बान्द्रास्थित खानको घरअगाडि तीन राउन्ड फायर भएको प्रहरीले जनाएको छ। 

मुम्बई प्रहरीसहित अपराध अनुसन्धान टोलीले छानबिन कायम राखेको बताइएको छ। 

यसअघि विभिन्न समूहले अभिनेता खानलाई ज्यान मार्नेलगायतका धम्की समेत दिने गरेका थिए। 
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्