नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

शनिबार, वैशाख १, २०८१

काठमाडौं - नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पूरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै असिफ शेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।

त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिएका थिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्