Nic Ad Nic Ad
Nic Ad Nic Ad

हात्तिवनको कारखानामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु 

शनिबार, चैत २४, २०८०

काठमाडौं– ललितपुरको हात्तिवनस्थित मेटल कारखानामा शनिबार बिहान आगलागी हुँदा जलेर एक व्यक्तिको मृत्यु भएको छ। 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार एक जना पुरुष मृत फेला परेका हुन्। मृतकको पहिचान खुल्न सकेको छैन। 

कृष्ण लेत्फे र भीम लेत्फेले सञ्चालन गरेको ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। 
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्