गायक रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कारको उजुरी, पक्राउ पुर्जी जारी 

शुक्रबार, चैत २३, २०८०

काठमाडौं– गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले बलात्कार गरेको उजुरी दर्ता गरेकी छन्। 

इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरमा उजुरी दर्ता भई ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

२० गते दर्ता गरिएको उजुरीमा गायक ओडले बैवाहिक बलात्कार गरेको उललेख छ। 

नेपाल आइडल सिजन–२ का विजेता ओडको घर कृष्णपुर नगरपालिकामा पर्छ। 
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्