Nic Ad Nic Ad
Nic Ad Nic Ad

अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनु जरुरीः उपप्रधानमन्त्री यादव

शनिबार, चैत १७, २०८०

धनुषा - उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनुको विकल्प नरहेको बताउनुभएको छ । 

आज जनकपुरधाममा पिछडा वर्ग महासङ्घ नेपालद्वारा आयोजित दुई दिवसीय प्रशिक्षणको समापन समारोहमा उहाँले पिछडा वर्ग बहुसङ्ख्यक भए पनि सङ्गठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व  र सम्मान पाउन नसकेको बताउनुभयो ।

वर्तमान युगमा सङ्गठन नै शक्ति रहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री यादवले पिछडा वर्गहरूलाई सङ्गठित भएर अघि बढ्न आग्रह पनि गर्नुभएको छ । पिछडा वर्गमा शिक्षाको आभाव देखिएको बताउनुहुँदै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका अध्यक्ष यादवले आफ्ना सन्तानको शिक्षामा जोड दिन अपिल गर्नुभएको छ ।

पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको प्रशिक्षणमा मुलुकका विभिन्न क्षेत्रबाट आउनुभएका एक सय जनाभन्दा बढीको प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष यादवका साथै सिपी सिंह, मनाइ महतो, दीपेन्द्र कापरलगायत हुनुहुन्थ्यो । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्