सीआईबी प्रमुख ज्ञवालीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने, लामिछानेविरुद्ध प्रमाण छैन

बुधबार, चैत १४, २०८०

काठमाडौं– प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवालीविरुद्ध आएका कतिपय विवादका विषयमा छानबिन गर्ने भएको छ। 

संसदको राज्य व्यवस्था समितिमा सुन तस्करी प्रकरणका एक अभियुक्त जीवन चलाउनेसँगको संवादको सीडीआर सार्वजनिक हुनु गम्भिर रहेको भन्दै छानबिन गर्ने प्रहरी महानिरिक्षक (आईजी) बसन्त कुँवरले बताएका हुन्। 

बुधबार राज्य व्यवस्था समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, आईजी कुँवरसहित सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) राजु अर्याल उपस्थित थिए।

यसैबीच सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाण नरहेको आईजी कुँवरले जानकारी गराएका थिए। 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्